सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको शिकार

२२ पुस ७४, आइतबार

लहान, पुस २३

सिरहामा करिब १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको एक अध्ययनले देखाएको छ । ‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा परेको देखाएको हो ।

गर्भवती महिलामा पोषणयुक्त खानाको अभाव, कामको अत्यधिक बोझ, आरामको अभाव र पारिवारिक बेवास्ताका कारण सिरहामा कडा खालको कुपोषणबाट १५ प्रतिशत बालबालिका पीडित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा चुमनलाल दासले जानकारी दिए ।

Advertisement

उनका अनुसार देशभरिमा १० प्रतिशत र प्रदेश नं २ मा १४ दशमलव ४ प्रतिशत बालबालिका कडा कुपोषणको मारमा परेका छन् । ग्रामीण भेगका गरिब तथा दलित समुदायका बच्चा खान नपाएर कुपोषणग्रस्त छन् भने शहरी भेगमा सन्तुलन मिलाएर खुवाउने चेतनाको कमीले कुपोषणको समस्या बढ्दो रहेको प्रमुख डा. दासको भनाइ छ ।

उनका अनुसार पाँच वर्षसम्मका बालबालिकामा गरिएको अध्ययनमा कुपोषणग्रस्त बच्चाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा असर पुगेको तथा उमेरअनुसार तौल र उचाइ नबढेको पाइएको छ ।

Advertisement

कुपोषण समस्यालाई दृष्टिगत गरी युनिसेफ र डब्ल्युएफपीको आर्थिक सहयोग, युके एड, रिपब्लिक फ्रान्सिस, ग्लोबल हेल्थ एलाइन्स नेपाल, नेपाल पब्लिक हेल्थ फाउन्डेसन, अस्ट्रेलियन एडको समन्वय र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लामा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याइएको जनस्वास्थ्य प्रमुख डा. दासले बताए ।

गत साउन र भदौमा आएको बाढीको चपेटामा परेका जिल्लाका बालबालिकाको पोषणमा परेका असरलाई सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पोषणयुक्त पीठो बाँडिएको छ भने कतिपय स्थानमा बाँड्नेक्रम जारी रहेको बताउनुहुँदै प्रमुख डा दासले आमालाई तयारी खाना वितरण गर्ने, बच्चाको पाखुराको नाप र वजन लिने काम भइरहेको समेत जानकारी दिए ।

कार्यक्रमअन्तर्गत जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुपोषण व्यवस्थापन र उपचारका विषयमा तालीम दिइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top