मत्स्येन्द्रनाथ जात्राको तयारी शुरु

२२ पुस ७४, आइतबार

ललितपुर, पुस २३
छ महिनासम्म बुङ्मतीमा रहेको मत्स्येन्द्रनाथलाई पाटन ल्याइएसँगै जात्राको तयारी शुरु भएको छ । रथका लागि आवश्यक काठ, बेत, बाँसलगायत ठेक्का गर्ने, काट्ने, ल्याउने काम भइरहेको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

उनले भने, “काठ, बेत ल्याएपछि सम्बन्धित जातिले काट्ने काम हुनेछ ।” मङ्सिर महिनामा मत्स्येन्द्रनाथ पाटन ल्याइएपछि केही पर्व त्यही महिनामा परे पनि पुस महिनामा भने पर्दैन । माघ महिनामा धेरै खालका पर्व हुनेछन् ।

ललितपुरको देवीचौरबाट धमा(रथको अघिल्लो पांग्राको काठ) का लागि काठ काटिसकिएको छ । अरु आवश्यक काठ गोदावरीको जंगलमा छपान भइसकेको प्रमुख पौडेल बताउँछन् । माघ महिनामा बोसीलाई काट्न पठाइनेछ । बेत भने भारतबाट ल्याइनेछ । भारतबाट बेत ल्याउनका लागि पाँच वर्षको ठेक्का भइसकेको छ । उनी भन्छन् “केही समयमा बेत पनि नेपाल भित्रनेछ ।”

Advertisement

साइत हेरेर बाराही जातिले काठ काट्ने गर्छ । काठका लागि विभिन्न स्थानका जंगलमा पुग्नुपर्छ । कुनै ललितपुरकै जंगलमा त कुनैका लागि तराई र कुनै भारतबाट ल्याउनुपर्छ । धमाका लागि ६०÷७० वर्ष पुरानो सौर जातिको रुख चाहिन्छ । धमा ४८ फि लम्बाइको हुनुपर्छ । थामका लागि लाँकुरी, ब्रेकका लागि मयल, ब्रेकको बिँडका लागि आरुको हाँगा र अरुका लागि फलाँठ जातिको काठ चाहिन्छ । रथमा झण्डै ५० फिटको लस्सी जातको काठ आवश्यक पर्छ ।

छ महिनासम्म चल्ने जात्राका लागि कार्यालय भने वर्षभर नै जात्रासँग जोडिरहन्छ । जात्रा शुरु हुनु पहिले तयारीमा लाग्ने गरेको कार्यालय जात्रा सकिएको केही समयपछिदेखि नै अर्काे वर्षको तयारीमा लाग्छ । जात्रामा पाटनका नेवारभित्रका विभिन्न जातको संलग्नता रहन्छ । जात्रावधिमा विभिन्न कामका लागि तोकिएका मानिसलाई रकमे भनिन्छ । रकमेका लागि खान्कीको समेत व्यवस्था रहेको छ ।
रासस

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top