विप्लव समूहले लियो नख्खु बिस्फोटको जिम्मेवारी,सर्वसाधारणलाई लक्षित गरेर बिस्फोट गराउने कुनै लक्ष्य नभएको भनाई

Share this
701shares

काठमाडौँ, फागुन १२
ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेल टावरमाथि गरेको आक्रमणको नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ ।

Advertisement

चन्द नेतृत्वकोसमूहका एक नेताले भने, ‘हामीले पैदलयात्री लक्षित गर्ने गरी प्रेसर कुकुर बम पड्एका होइनौं। तर, मानवीय क्षति भयो, त्यसका लागि क्षमाप्रार्थी छौं। हामीले एनसेलले गर्दै आएको घोटलामाथि चेतावनी दिन बम पड्काएका हौं।’

विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरुले गरेको फोनमा स्विकार गरेका छन्। उनले आफ्नो पार्टीको सर्वसाधारणलाई लक्षित गरेर बिस्फोट गराउने कुनै लक्ष्य नभएपनि उक्त स्थानमा मानवीय क्षति भएकोमा सिंगो पार्टी पंक्ति नै दुखी रहेको बताए।

Advertisement

शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते भएकाथिए ।

यसअघि एनसेलमाथि अर्बौं रुपैयाँ कर छलेको, प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँ कर्मचारीहरूलाई खरिद गरेको लगायतका आरोप विप्लव समूहले लगाउँदै आएको थियो। त्यसैको चेतावनी दिन बम बिस्फोट गराइएको ती नेताको दाबी थियो।(कान्तिपुरबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top