आठ जिल्लाका सिडि‍‍ओ हेरफेर , काे कहाँ परे ?

Share this
679shares

काठमाडौं : गृहमन्त्रालयले शुक्रबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको छ । इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेका सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

Advertisement

यसैगरी राैतहटको कामु सिडिओमा गृहमन्त्रालयका किरण थापा, पाँचथरको सिडिओमा गृहमन्त्रालयमै कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्टलाई दार्चुलाका सिडिओको जिम्मेवारी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक सिडिओका रुपमा कार्यरत सुरेशकुमार बझाङका सिडिओ भएका छन्। भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top