लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्छ : कमल थापा

१३ फागुन २०७५, सोमबार
Share this
722shares

काठमाडौं, फागुन १३
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विसं २०४७ साल पछिका राजनीतिज्ञ, प्रशासक लगायतको सम्पत्ति छानविन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष कमल थापाले यस्तो बताएका हुन् ।

Advertisement

कार्यक्रममा उनले छानविनका क्रममा नेपालीले विदेशमा लुकाएर राखेको सम्पत्ति राष्ट्रियकरण गर्न र शंकास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोबारमा संलग्न व्यक्तिलाई कानून बमोजिम कारवाही गर्नुपर्ने जोड दिए ।

सर्वोच्च अदालतको आदेशबमोजिम एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकरलगायत सबै कर सरकारले असुल गर्नुपर्नेमा जोड दिँदै उनले वाइडबडी प्रकरणमा संलग्न तथा कर छली प्रकरणमा संलग्नलाई पनि दण्डित गर्नुपर्ने बताए ।

Advertisement

देश टुक्र्याउन खोज्ने तत्वलाई कडा कारवाही हुनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष थापाले कालापानी, लिपुलेक र सुस्तालगायत क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कुटनितिक पहल गर्न र सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गरी खुला सीमा व्यवस्थित र नियमन गर्न पनि माग गरे ।

राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने व्यवस्था कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्नेमा पनि उनले जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top