बाजुरामा हिमपात : जनजीवन कष्टकर

१३ फागुन ७५, मंगलबार

बाजुरा,फागुन १३
बाजुरामा फेरि हिमपात सुरु भएको छ। हिमपातसँगैको भारी वर्षाले बाजुरेलीको जनजीवन अस्तव्यस्त बनेको छ। माघ ७ गतेबाट बाजुराको उच्च हिमाली क्षेत्रमा हिमपात र बेसीतिर वर्षा हँुदै आएको छ। चिसोले जनजीवन कष्टकर बनेको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए।

भारी वर्षाले बाजुराका ग्रामीण सडक बन्द भएका छन्। सडक हिलाम्मे भएर सडक अबरुद्ध भएको छ । यातायात बन्द हुँदा कामको लागि सदरमुकाम आउनेजानेलाई समस्या भएको स्थानीयले बताएका छन्। यातायात बन्द भएपछि ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए।

मार्तडी कोल्टी सडक खण्डको पोरखे लेकमा ४–५ फिट हिउँ जमेकोले माघ ७ गतेबाट यातायात रोकिएको थियो। यसले गर्दा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामानको समस्या भएको मल्लले जानकारी दिएका छन्।हिमपातले विद्यार्थी विद्यालयमा नाआएर पढाइ हुन नसकेको बडिमालिका नगरपालिका वडा नम्बर सातको सरस्वती आधारभूत्त प्राभामिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए।

Advertisement

लगातारको हिमपातसँगै आएको पानीका कारण बाजुराको पूर्वी उत्तर क्षेत्रको टेलिफोन सेवा अवरोध भएको छ। माघ ७ देखि मौसम बदली भएर बाजुराका उच्च हिमाली क्षेत्रमा हिउँ र बेसीतिर पानी पर्नाले टेलिफोन सेवा अवरोध भएको नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख माधव जोशीले बताए। (अन्नपुर्ण पोष्टबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top