×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पीएसएल : लाहोरको जितमा सन्दीप ‘म्यान अफ द म्याच’

१६ फाल्गुन २०७५

एजेन्सी, फागुन १६
पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन् । सन्दीप सम्मिलित लाहोर कलन्दर्सले ८ विकेटको सहज जित दर्ता गर्दा सन्दीपले घातक बलिङ गरे ।

सन्दीपले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । क्वेटाले अन्तिम ओभरको पहिलो बलमा अलआउट हुँदै १ सय ६ रनमात्र जोड्यो । क्वेटाका ओपनर अहसन अलीले ३३ र कप्तान सरफराज अहमदले २९ रनको योगदान दिए ।

Advertisement

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले चौथो बलमा नै सेन वाटसनलाई एलबीडब्लू धरापमा पारेका थिए । त्यस ओभरमा उनले ३ रनमात्र खर्चे । छैटौं ओभरको पहिलो र अन्तिम बलमा पनि सन्दीपले सफलता हात पारे । पहिलो बलमा राइली रुसोलाई क्याच आउट गराएका उनले अन्तिम बलमा उमर अकमललाई बोल्ड गरे । त्यस ओभरमा उनले २ रनमात्र दिए ।

त्यसपछि आठौं ओभरको तेस्रो बलमा सन्दीपले दानिश अजिजलाई १ रनमा क्याचआउट गराए । उक्त ओभरमा ३ रन लिए । दशौँ ओभरमा आफ्नो कोटा सकाएका उनले २ रनमात्र दिए । सन्दीपले पहिलो खेलमा ४६ रन खर्चेर ३ विकेट लिँदा दोस्रो खेलमा २० रन दिँदै १ विकेट हात पारेका थिए । लाहोरका लागि हरिस राउफले २ विकेट लिए भने यासिर साह र शाहिन अफ्रिदिले १–१ विकेट लिए ।

Advertisement

एबी डे भिलियर्सले उत्कृष्ट ब्याटिङ गरेपछि लाहोरले २ विकेटको क्षतिमा १७ औं ओभरमा जित हासिल गर्यो । उनले नटआउट ४७ रनको योगदान दिए । उनले ३८ बल खेल्दै ७ चौका प्रहार गरे । हरीस सोहेल ४२ बलमा ३ चौकासहित नटआउट ३३ रन जोडे । ओपनर गौहर अली २१ र कप्तान फखार जमान २ रनमा आउट भए ।सन्दीपको टोली लाहोरले ६ खेलमा ३ जित र ३ हार बेहार्दै अंक तालिकामा चौथो स्थानमा छ । क्वेटा ८ अंक जोड्दै शीर्ष स्थानमा छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top