काठमाडौँ : इराकमा दुई हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ। नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेपछि घटना बाहिर आएको हो।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर दुई हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ।सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार लक्ष्मी नेपालमै बसेर इराक जाने युवती खोज्ने र श्रीमान् नारायण नयाँ दिल्लीमा बसेर सेटिङ मिलाउने गर्थे।


