किन हुन्छ ताप्लेजुङमा उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटना ?

१६ फागुन ७५, शुक्रबार

ताप्लेजुङ : उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ ।

बुधबार पाथिभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तोरेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकप्टर दुर्घटनामा पर्यो । ताप्लेजुङमा यस्तै खालको करिब १३ वर्षअघि पनि भएको थियो । घटना दोहोरिएसँगै यसको कारण अनुमान लगाउनेहरुले अनेक बहस थालेका छन् ।

लामो समय यहाँस्थित नेपाल वायु सेवा निगमको स्टेसन इन्चार्ज भएर काम गरी अहिले सेवानिवृत्त भएका हेमन्तकुमार उप्रेतीको भनाइमा जहाज दुर्घटनामा ताप्लेजुङको आकाश बिल्कुल दोषी छैन ।,यो समाचार आजको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top