×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

११ वर्षसम्म बाख्रा फार्ममा बन्धक

१७ फाल्गुन २०७५

काठमाडौँ : अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो । सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो ?’

उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरू बाहिर आइरहेका छन् । खै हाम्रा मान्छेनिस्किएका छैनन् ।’

Advertisement
Advertisement

ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर्षदेखि नेपाल पठाएको थिएन । जबर्जस्ती श्रम गराई बाख्रागोठमा काम लगाइराखेको थियो । एक पाकिस्तानीले तारालाई फोन गरी सत्यनारायणलाई नेपाल पठाएको खबर दिएका थिए । त्यसैका भरमा उनी तिलोत्तमा नगरपालिका–७, भलवाडी, रूपन्देहीबाट रातारात आइपुगेकी थिइन् ।

एक घण्टा कुर्दा पनि सत्यनारायण बाहिर निस्किएनन् । खबर साँचो थियो कि झूटो ? उनमा बेचैनी बढदै थियो । आए–नआएबारे बुझ्न प्रहरीको सहयोग लिइन् । दुबईबाट आउने विमानमा रहेका यात्रुको सूचीमा सत्यनारायणको नाम देखेपछि ढुक्क भइन् ।
साढे चार बजेतिर आगमन कक्षबाट मैलो लुगा लगाएका सत्यनारायण निस्किए । ताराले परैबाट चिनिहालिन् । घरबाट बिदाइ गर्ने बेलाजस्तो शरीर थिएन । कपाल आधा फुलिसकेछ । अनुहार ख्याउटे भएछ । ११ वर्षपछि परिवारलाई भेटदा दुवैका आँखा रसाए ।

सत्यनारायणले आफूलाई सम्हाल्नै सकेनन् । निकै बेरसम्म रोइरहे । केही बोल्न सकिरहेका थिएनन् । नजिकै रहेका जेठा छोरालाई चिन्न सकेनन् । ताराले चिनाइदिइन् । उनी साउदी जाने बेला जेठा छोरा ८ वर्षका थिए । आफ्नै अगाडि उभिइरहेका १९ वर्षे लक्का जवानलाई चिन्न नसक्नु तारालाई स्वाभाविकै लाग्यो ।

‘जे भयो, अब तनाव नलिनुस्,’ ताराले पतिलाई सम्झाउँदै भनिन्, ‘तपाईं फर्केर आउनुभयो । हातखुट्टा केही भएको छैन । हाम्रा लागि योसबभन्दा ठूलो खुसी हो ।’

भलवाडीका ५० वर्षीय चौधरी कुवेत हिँडेका थिए । एजेन्टले भारतको मुम्बईबाट साउदी पठाइदियो । उनी साउदीको हाइल सहरदेखि झन्डै ४० किलोमिटर टाढा अलगाइदस्थित साउदी नागरिक निताफ दवीको घरेलु कामदार थिए । निताफको ५० बिघाको जमिनमा तरकारी र भेडाबाख्रा फार्म थियो । फार्ममा १ सय ५०वटा त बाख्रामात्रै थिए ।

Advertisement

‘उसले सधैं डरैडर देखाएर राख्यो । भोलि, पर्सि भन्दै नेपाल पठाउँदै पठाएन,’ सत्यनारायणले भने, ‘सुरुमा म जाँदा ७ कामदार थिए । नेपाली ममात्रै थिएँ । उनीहरू कोही भागेर अन्यत्र काम गर्न गए । कोही बिदामा गएपछि फर्केनन् ।’ निताफले कामदार भागेपछि र बिदामा पठाएको पनि नफर्केपछि सोझो सत्यनारायणलाई घर पठाइदिएनन् ।,यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top