विराटनगरको ‘एटु जेड’मा सामसुङ ग्यालेक्सी एस टेनको धमाधम प्रि–बुकिङ हुँदै

१६ फागुन ७५, शुक्रबार

विराटनगर ,फागुन १७
लामो समयदेखि प्रतिक्षामा रहेको ‘सामसुङ ग्यालेक्सी एस टेन’ को प्रि अर्डर बुकिङ विराटनगरमा पनि सुरु भएको छ । सामसुङले एस टेन सिरिजका ग्यालेक्सी एस टेन, एस टेन प्लस र एस टेन ई गरी तीन नयाँ स्मार्ट फोनहरुको प्रि– अर्डर बुकिङ सुरु गरेको छ ।

यी स्मार्टफोनहरु विराटनगरको ‘ ए टु जेड मोबाईल केयर’ बाट पनि प्रि– अर्डर गर्न सकिने छ । विराटनगरको जलजला चौकमा रहेको विराटनगरकै पूरानो सो मोबाइल केयरले प्रि–बुकिङमा विशेष छुटका साथ विभिन्न उपहारहरुको समेत व्यबस्था गरेको छ ।

Advertisement

प्रि बुकिङमा ग्यालेक्सी एस टेनको रु.१०६५००, एस टेन प्लसको रु. ११८६०० , एस टेन इको रु. ९०२०० र एस टेन प्लस ५१२ जिवीको रु. १४८४०० मुल्य रहेको छ । ए टु जेड मोबाईल केयरबाट मोबाईल खरिद गर्दा ९० प्रतिशतसम्म फाईनान्स सुविधा पनि रहेको सञ्चालक जगदीश डागाले बताए ।

उनले मोबाईल केयरमा मोबाईल एक्चेन्जको समेत सुविधा रहेको बताउँदै अन्य मोबाईलको खरिदमा पनि विभिन्न किसिमका उपहार रहेको जानकारी दिए । सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सवै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top