७२ घण्टा भित्र सडक निर्माण सम्पन्न गर्न नेकपा विराटनगरको अल्टिमेटम

Share this
776shares

विराटनगर, फागुन १९
विराटनगरस्थित कोशी अञ्चल अस्पताल अगाडिको सडक निर्माणकार्य ७२ घन्टा भित्र सक्न नेपाल कम्युनिष्ट पार्टी नेकपा विराटनगर नगर कमिटीले निर्माण पक्षलाई अल्टिमेटम दिएको छ । नेकपा सम्बद्ध स्थानीय नेता कार्यकर्ताले निमार्णस्थलमै पुगी यस्तो अल्टिमेटम दिएका हुन् ।

Advertisement

सडक र नाला निर्माणगर्ने भन्दै सो क्षेत्रमा निकै अगाडिनै बाटो खनेर अलपत्र छाडिएपछि नेकपा सम्बद्ध युवा नेता तथा कार्यकर्ताहरुले सो क्षेत्रमा सडक निर्माणको ठेक्का लिएको आशिष कन्स्ट्रक्सनका इन्जिनियर रबिन्द्र ठाकुरलाई भेटेर ७२ घन्टा भित्र निर्माण कार्य सक्न अल्टिमेटम दिएका छन् ।

Advertisement

उनीहरुले आफुहरुले दिएको समयसिमाभित्र निर्माण सम्पन्न गर्न ठेकेदार पक्षले आवश्यक ठाने नेकपाको नगर कमिटि जस्तो सुकै सहयोग गर्न तयार रहेको समेत बताएका छन ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा निर्माणकालागि भन्दै लामो समयदेखि सडक खनेर छाडिएका कारण अस्पताल जाने विरामी र सो बाटो प्रयोगकर्तालाई समस्या भएपछि आफूहरुले निर्माण पक्षलाई अल्टिमेटम दिएको नेपाल कम्युनिष्ट पार्टीका प्रस्तावित नगर अध्यक्ष सागर थापाले बताए । थापाले अस्पताल सामुन्ने उत्तर–दक्षिण रहेको २ सय मिटर बाटो तत्काल निर्माण गर्न अल्टिमेटम दिइएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top