अमेरिकाले दिने ‘स्काइ ट्रक’ यसै साल भित्रिने,प्रतिकूल मौसम र विकट भौगोलिक क्षेत्रमा पनि सहज रूपमा उडान भर्न सक्ने

Share this
676shares

काठमाडौं : संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा नेपाल आइपुग्ने भएको छ।

Advertisement

अमेरिकाले डेढ दशकअघि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो। नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता दरबार हत्याकाण्डपछि अमेरिकाले रोकेको थियो।

डेढ दशक रोक्का गरेर अमेरिकाले नेपाललाई सैन्य सहायता पुनः उपलब्ध गराउन थालेको हो। चारमध्ये दुईवटा स्काई ट्रक निर्माणका लागि पोल्यान्डस्थित कम्पनीसँग समझदारी गरिएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कम्पनीसँग उक्त स्काई ट्रक तत्काल निर्माण गर्ने समझदारी गरेपछि नेपाल ल्याउने निश्चित भएको हो।

Advertisement

पोल्यान्डस्थित कम्पनीसँग पेन्टागनले गरेको सम्झौताअनुसार आगामी डिसेम्बरभित्र उक्त जहाज नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ। अमेरिकी रक्षा मन्त्रालयले नयाँ एम–२८ स्काई ट्रक निर्माणको सम्झौता पोलिस एयरक्राफ्ट उत्पादन कम्पनी पोल्स्की जाकेल्डी लोटनिक्ज कम्पनी (पिजेडएल) सँग गरेको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अमेरिकी डिफेन्स ब्लग म्यागेजिनले लखेको छ। उक्त सम्झौता गत शुक्रबार भएको हो।

स्काई ट्रक निर्माणका लागि विदेशी सैन्य व्यापार (एमएमएस) सम्झौता भएको पनि समाचारमा जनाइएको छ। उक्त स्काई ट्रकको निर्माण कार्य सन् २०१९ को डिसेम्बरअघि नै पोल्यान्डको मिलिकमा पूरा हुनेछ। दुई इन्जिन रहने उक्त ट्रक अत्याधुनिक कार्गो ट्रकमध्येको हो। प्रतिकूल मौसम र विकट भौगोलिक क्षेत्रमा पनि ट्रकले सहज रूपमा उडान भर्न सक्नेछ।,अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top