पोखरा, फागुन २१
पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार सराङकोटबाट उडेको प्याराग्लाइडिङ दुर्घटना हुँदा रसियन नागरिक डिमी डिभिलको मृत्यु भएको हो ।
घाइते पाइलटको त्यहाँको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनमा परी रोमानियाका एक पाइलटको मृत्यु भएको थियो ।