सन्दीप वर्षकै उत्कृष्ट पुरुष खेलाडी

Share this
737shares

काठमाडौं, फागुन २१
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड २०१९ को उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् । सन्दीपले अवार्ड जित्ने क्रममा कप्तान पारस खड्कासँगै दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछाडी पारे ।सन्दीपले उपाधिसँगै १ लाख ३२ हजार रुपैयाँ प्राप्त गरे । सन्दीपको अनुपस्थितिमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले उनको उपाधि ग्रहण गरे ।

Advertisement

खेलाडीहरुको अघिल्लो वर्षदेखि युएईविरुद्धको सिरिजमा गरेको प्रदर्शनका आधारमा विजेता छनोट गरेको सिप्यानले जनाएको छ । सन्दीपले सन् २०१८ र १९ मा राष्ट्रिय टोलीबाट कुल ३२ खेल खेले । यसक्रममा उनले ८४ विकेट हात पारेका छन् । उनले वान डे खेलमा ५५ विकेट र १० टि–२० खेलमा २९ विकेट हात पारेका छन् । डिभिजन २ मा सन्दीपले नामिबियाविरुद्ध ४ र केन्याविरुद्ध ५ विकेट लिएका थिए । विश्वकप छनोटमा पनि उनले पपुवा न्यू गिनीविरुद्ध ४ तथा हङकङविरुद्ध ३ विकेट लिएका थिए ।

टि–२० विश्वकप छनोटमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा २४ विकेट हात पारेका थिए । यूएईविरुद्ध ओडीआई सिरिजमा ७ विकेट लिएका सन्दीपले त्यसअघि एसिया कप छनोटमा ५ खेलमा १४ विकेट लिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top