मनमोहनमा स्वर्गीय भरतमोहनको योगदानबारे सम्झना

विराटनगर, फागुन २१
मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका दिवंगत कम्युनिष्ट नेता भरतमोहन अधिकारीलाई मोरङको बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्नि इन्स्टीच्यूटमा अध्यनरत शिक्षक तथा विद्यार्थीहरुले सम्झना गरेका छन् ।

बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा स्वर्गीय अधिकारीको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जली कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री हुँदा अधिकारीले ल्याएको जनमुखी कार्यक्रमको चर्चा गरे ।

Advertisement

उनले देशका लागि दिवंगत नेता अधिकारीले ल्याएका कार्यक्रम महत्वपूर्ण र दूरगामी रहेको बताए । मन्त्री पण्डितले अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, आफ्नो गाउँ आफैं बनाउ जस्ता ९ ‘स’ कार्यक्रम अहिले पनि उत्तिकै लोकप्रिय रहेको बताए ।

उनले सिमान्तकृत तथा आदिवासी जनजातिको बसोबास रहेको क्षेत्रमा प्राविधिक शिक्षालय मार्फत बेरोजगारी समस्या न्यूनिकरण गर्ने अधिकारीको सोच र पहलकदमीका कारण मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटको स्थापना भएको बताए ।

Advertisement

श्रद्धाञ्जली कार्यक्रममा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका प्राचार्य डा. शुभाषश्री पोखरेलले सो कलेजले आफ्नो अभिभावक गुमाएको बताए । मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा पोलिटेक्निक इन्स्टीच्यूटका सुचना प्रमुख सत्यनारायण चौधरीले अधिकारीकै अगुवाइ र पहल कदमीका कारण कलेज स्थापना हुन सकेको बताए ।

उनले अधिकारीले सो कलेजका विषयमा विशेष चासो राख्दै आएको र प्राविधिक विश्वविद्यालय रुपमा विकास गर्न पहल गरेको समेत बताए । श्रद्धान्जलीसभामा सो कलेजमा अध्ययनरत विद्यार्थी शिक्षक, अभिभावक तथा स्थानीय राजनितिक, समाजसेवी व्यक्तित्वहरुले स्वर्गीय अधिकारीको फाटोमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top