काठमाडौं , पुस २६
नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओली आज थाइल्यान्ड जाँदैछन् । आज मध्याह्न साढे १२ बजे ओली थाई एयरवेजबाट स्वास्थ्य उपचारका लागि बैंकक जान लागेका हुन् ।
मिर्गाैला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन् । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार, ओली स्वास्थ्य परीक्षण सकाएर माघ २ गते मात्र स्वदेश फर्कने कार्यक्रम छ ।