विराटनगर, फागुन २२
विराटनगरको जलजला चौकमा रहेको ‘ए टु जेड मोबाईल केयर’ मा ग्राहकहरुले शुन्य प्रतिशत डाउन पेमेन्टमा मोबाईल खरिदको सुविधा पाउने भएका छन् । ए टु जेडबाट मोबाईल लगायत २० हजारदेखि ५ लाखसम्मका अन्य सामाग्री खरिद गर्ने ग्राहकहरुले मेघा बैंकबाट श्रृण सुविधा पाउने भएका हुन् ।
यसका लागि मंगलबार मेघा बैंक र ए टु जेड मोबाईल केयरबिच सम्झौता भएको छ । मेघा बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो आयस्रोत देखाई एकवर्षसम्ममा बैंकमा किस्ता तिरिसक्ने गरी ए टु जेडबाट मोबाईल लगायतका सामाग्रीहरु खरिद गर्न सक्ने मेघा बैंकले जनाएको छ ।
साथै मेघा बैंकले ए टु जेडलाई पोस मेसिन समेत हस्तान्तरण गरेको छ । जसमार्फत मेघा बैंकको क्रेडिट कार्ड भएका ग्राहकहरुले क्रेडिट कार्ड मार्फत रकम भुक्तानी गर्न सक्ने छन । ए टु जेड मोबाईल केयरमा मोबाईल एक्चेन्ज लगायतका सामाग्रीहरुको खरिदमा विभिन्न किसिमका उपहार समेत रहेको ए टु जेड मोबाईल केयरका सञ्चालक जगदीश डागाले बताए ।
सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सबै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।