समाजसेवी कार्कीले बनाईदिए बाढी पिडीतहरुका लागि आधा दर्जन घर

Share this
742shares

विराटनगर, फागुन २२
जापानमा प्रवासी जीवन बिताईरहनु भएका समाजसेवी कृष्ण कार्कीको एकल सहयोगमा मोरङस्थित रतुवामाई खोलाका बाढी पिडीतहरुका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न भएको छ । रतुवामाई बाढी पीडित पुनर्वास परियोजनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजसेवी कार्र्कीको एकल आर्थिक सहयोगमा पीडितको पुनर्वासका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न गरिएको जानकारी गराएको हो ।

Advertisement

परियोजनामा आवद्ध इन्जिनियर चुडामणि कार्कीले सो बाढीबाट पीडित सबैभन्दा गरिव, असहाय र जेष्ठ नागरिकहरुको पुनर्वासका लागि ६ वटा घर समाजसेवी कार्कीको एकल सहयोगमा निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिए । सो परियोजनाको काम समाजसेवी कार्कीको सहयोगमा गत मंसीर २१ गतेबाट सुरु गरि माघ अन्तिम साता सम्पन्न गरिएको थियो ।

इन्जिनियर कार्कीले पीडितका लागि निर्माण गरिएको सो घर आगामी चैत्र २ गते हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको पनि बताए । समाजसेवी कार्कीको २० लाख आर्थिक सहयोगका बाढी पीडितका लागि ६ वटा घर निर्माण गरिएको हो । अन्य ४ वटा घर पनि निर्माण गरी पीडितलाई हस्तान्तरण गर्ने पनि इन्जिनियर कार्कीले बताए । गत असारमा आएको रतुवा खोलाको बाढीबाट रतुवामाई नगरपालिका वडा नम्बर ३, वर्ती टोलका २१ घर परिवार पूर्ण रुपमा विस्थापित भएकोमा समाजसेवी कार्कीले १० घर परिवारको पुनर्वासको व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top