कालिकोट : प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ । तर कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ ।
एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म पुर्याउन प्रहरीको भ्यान प्रयोग गरिएको हो । गाउँमा कोही अकस्मात् बिरामी परेमा एम्बुलेन्सका रूपमा जिल्ला प्रहरी कार्यालयको भ्यान प्रयोग हुँदै आएको छ ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
तीन महिनादेखि जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । यसअघि सञ्चालन हुँदै आएको बा २ झ १७४० नम्बरको एम्बुलेन्स गत मंसिर २६ गते दैलेखको जिरो पोइन्टनजिकै दुर्घटनामा परेपछि कालिकोट एम्बुलेन्सविहीन बनेको हो ।
एम्बुलेन्स नभएपछि सडक मार्गले जोडिएका नजिकका स्थानबाट बिरामी बचाउन प्रहरीले स्कर्टिङ भ्यान पठाउँदै आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विनोद शर्माले फागुनमा मात्र ६ जना बिरामीलाई प्रहरीको भ्यानले अस्पताल पुर्याएको जानकारी दिए ।