डा. गोविन्द केसी साधारण तारिखमा रिहा

२५ पुस ७४, बुधबार

काठमाडौं : अदालतको अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ। केसीको स्वास्थ्य अवस्था समेतलाई विचार गर्दापछि बुझ्दै जाँदा ठहरे बमोजिम सजाय हुने गरी हाललाई साधारण तारेखमा छोड्न सर्वोच्चले आदेश दिएको हो।

डा. केसीका कानुन व्यवसायी डा. सुरेन्द्र भण्डारीको जिम्मा छोडी बाँकी कारबाही गर्नु भन्ने कुरा आदेशमा उल्लेख गरिएको छ।

सर्वोच्चको आदेशमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्रधानन्यायाधीश गोपाल पराजुलीले लिएका नागरिकताको प्रतिलिपि झिकाउन र न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु पनि झिकाउन आदेश जारी गरिएको छ।

सँगै बुधबारको आदेशमा प्रा.डा शशी शर्मा विपक्षी रहेको त्रिवि कुलपति तथा प्रधानमन्त्री समेत रहेको मुद्दामा गत पुस २३ गते आइतबारको भएको फैसला झिकाउन पनि आदेश भएको छ । साधारण तारिखमा सार्वोच्चबाट रिहा भए लगत्तै केसीलाई अस्पताल लगिएको छ।

..

अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, माधवकुमार बस्नेतले बहस गरे। यता डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, गोपाल सिवाकोटीलगायतले बहस गरेका थिए।

अदालतको अवहेलना गरेको भन्दै प्रहरीले डा. केसीलाई त्रिवि शिक्षण अस्प्ताल महाराजगञ्जबाट सोमबार राति पक्राउ गरेको थियो। अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशपछि केसीलाई प्रहरीले अनसनस्थलबाटै सोमबार राति पक्राउ गरेको हो।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनसन बसेका डा केसीलाई अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट महानगरीय प्रहरी परिष्र काठमाडौंको टोलीले पक्राउ गरेको थियो । डा केसीलाई सोमबार राति महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो। मंगलबार बिहान ९ बजे केसीलाई अदालतमा उपस्थित गराइएको थियो। सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ भएपछि बुधबार दिनभर बहस भएपछि उनको मुद्दाको फैसला भएको हो।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै सोमबार अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबार अनशन बसेकै दिन केसीलाई पक्रन सर्वोच्चले आदेश दिएको थियो। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा सर्वोच्च अदालतले आदेश दिए लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीले सोमबार १४ औँ पटक अनसन घोषणा गरेका थिए। उनले सोमबार दिउँसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरे लगत्तै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा सर्वोच्चले पक्राउ आदेश जारी गरेको थियो।

डा. केसीले न्यायालयको जनआस्थामाथि गम्भीर खलल पुर्या‍एको भन्दै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमबारै सर्वोच्चमा अवहेलना मुद्दा प्रतिवेदन दिएका थिए।

सोही आधारमा सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी मंगलबार विहान नौ बजे सर्बोच्चमा हाजिर गराउन आदेश दिएको थियो।मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका थिए।

सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनरबहाली गर्न आइतबार परमादेश दिएपछि डा. केसीले प्रधान न्यायाधीशविरुद्ध लड्ने घोषणा गरेका थिए। उनले पाँच बुँदे माग अघि सारेर अनसन सुरु गरेका थिए।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top