समुहचरणको अन्तिम खेलमा खराब प्रदर्शनसँगै सन्दीपको पीएसएल यात्रा टुंगियो

एजेन्सी, फागुन २७
पकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत आज भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खराब प्रदर्शन गरेका छन् ।, यो सँगै उनको टिमको अघिल्लो चरणको यात्रामा पुर्णविराम लागेको छ ।

समूह चरणको अन्तिम खेलमा सुल्तानले सन्दीप सम्मिलित लाहोर कलन्दर्सलाई ७ विकेटले पराजित गरेको छ । १ सय ४१ रनको लक्ष्य पछ्याएको मुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाउँदै सहज जित हात पार्यो । खराव प्रर्दशन गरेका सन्दीपले २.३ ओभरमा २८ रन खर्चिंदै कुनै विकेट लिन सकेनन् ।

सन्दीपले चौथो ओभरमा १३ रन खर्चिए जसमा ४ रन बाई सामेल थियो । नवौं ओभरको दोस्रो बलमा शन मसुदले चौका र पाँचौ र छैटौं बलमा जोनसन चाल्र्सले छक्का प्रहार गरेपछि महँगो सावित भए । यस ओभरमा उनले १८ रन खर्चिन पुगे । सुरुवाती ओभरमा खराब प्रर्दशन गरेका सन्दीपलाई कप्तान फकार जमानले सुल्तानलाई १ रन चाहिएको अवस्थामा १३ औं ओभरमा बलिङ गर्न लिएका थिए । पहिलो र दोस्रो बलमा डट गराएपनि तेस्रो बलमा १ रन लिदै अफ्रिदीले खेल जिताए ।

Advertisement

सुल्तानको सहज जितमा शन मशुदले २५ बलमा ८ चौका र १ छक्का प्रहार ४८ गर्दै रनमा आउट भए । जोनसन चाल्र्सले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहँदा उमर सिद्दीकले १३ र जेम्स भिन्सले २५ आउट भए । लाहोरका लागि डेविड विसा र शाहिन शाह अफ्रिदीले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि कराँचीमा टस हारेर ब्याटिङ गर्न मैदान उत्रेको लाहोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४० रन बनायो । लाहोरका लागि कप्तान फकार जमानले ३६ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५३ रन जोडे । त्यस्तै डेविड विसाले २२ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन जोड्दा एलिसा गुणरत्नेले १२ रन जोड्न रहेक बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Advertisement

हसन खान र ह्यारिस रउफ समान ६ रनमा अविजित रहे । मुल्तान सुल्तानका लागि मोहम्मद अब्बासले ३,शाहिद अफ्रिदीले दुई,क्रिस ग्रिन र मोहम्मद इलियासले समान एक विकेट हात पारे । पिएसएलमा सन्दीपले कुल ७ खेलमा ११ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा ५ औं स्थानमा रहँदै अन्त्य गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

सम्बन्धित समाचार

Scroll to Top