Nepal Times
Nepal Times
3
Shares

पाँचौ महिला साफ च्याम्पियनसिप : उद्घाटनमा जे देखियो (फोटो फिचरसहित)

पाँचौ महिला साफ च्याम्पियनसिप : उद्घाटनमा जे देखियो (फोटो फिचरसहित)

विराटनगर, फागन २९
आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुछानलाई ३– ० ले पराजित गरेको हो ।

नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे । नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो । खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो । १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् ।

एकपछि अर्को दबाब बनाएको नेपालले पहिलो हाफमा एकपछि अर्को गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् ।

खेलअवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो । एकपछि अर्को प्रहार गरेको नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । यता, भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन ।

 

 

जितका बाबजुत पनि सुरु खेल भएकोले नेपालले अपेक्षितरुपमा राम्रो खेल्न नसकेको नेपाली टिमका प्रशिक्षक हरि खड्काले बताए । उनले आगामि दिनमा सुधार गरेर जाने बताए ।त्यस्तै भुटानका प्रशिक्षक सुङ जुयन लीले आयोजकले कमजोर ब्यबस्थापन गरेको बताउँदै तयारी गर्न नपाउँदा नतीजा सन्तोषजनक नभएको गुनासो गरे ।

पाँचौँ महिला साफ च्याम्पियनसिपको उद्घाटन नेपालका पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साफ च्याम्पियनसिपको बेलुन उडाएर उद्घाटन् गरेका थिए । दाहालले सरकारले खेल क्षेत्रलाई प्रथामिकतामा राखेको बताउँदै महिला खेलाडिको सहभागिता र सफलता गर्वको विषय भएको बताए ।

 

उनले प्रदेश १ मा यति ठुलो प्रतियोगिता गराएकोमा आयोजकलाई धन्यवाद दिए ।उद्घाटन कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई,विराटनगर महानगरपनलिकाका मेयर भीम पराजुलीले आफ्ना भनाई राखेका थिए ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.