दुम्सी रोक्न सारीको बार !

बागलुङ : किसानका खेतबारी सारी र तन्नाले घेरिएका छन् । ती सारी र तन्ना सुकाइएका पनि होइनन् । आफूहरूले लगाएको खेती दुम्सीलगायतका वन्यजन्तुले नष्ट गर्न थालेपछि तिनलाई धपाउन प्रयोग गरिएको यो नयाँ प्रविधि हो ।

त्यतिले मात्र पुग्दैन दिनभर बा“दर लखेट्नु र रातभर दुम्सी धपाउनु बागलुङ नगरपालिका १४ कैयाका स्थानीयको दिनचर्या बनेको छ । किसानले लगाएका आलु र अन्नबाली दिनभर बाँदरले र रातभर दुम्सीले नष्ट गर्न थालेपछि यहाँका करिब एक सय घरपरिवारले दिनरात नै कष्ट व्यहोर्नु परेको छ ।

मिहिनेत गरेर लगाएको आलुलगायतका बाली जोगाउन स्थानीय दिउँसो र रातिसमेत खेतैमा हुन्छन् । मानिस नभएको चाल पाएपछि नजिकैको जङ्गलबाट दुम्सीका हुल नै खेतमा पसेर आलु खाइदिने गरेको स्थानीय किसान दुर्गादेवी शर्मा ढकालले गुनासो गर्नुभयो । ढकालले भन्नुभयो, दुम्सी निकै बाठो हुँदो रहेछ । मानिस देखेपछि लुक्छ । मानिस हिँडेपछि बाली खान आइपुग्छ । त्यसैले मानिस भएको भान पार्न खेतवरपर महिलाको साडीले बार्न थालिएको छ ।

Advertisement

महिलाको साडी देखेपछि दुम्सी भाग्ने गरेको आफूले सुनेपछि यस्तो उपाय अपनाएको ढकालको भनाइ छ । उहाँ यस्तो तरिका अपनाउँदा दुम्सी खेतमा पस्न केही कम भने भएको बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top