एकै दिन २१३ स्थालमा डढेलो

२९ फागुन ७५, बिहीबार

काठमाडौं : लामो खडेरी, उच्च वेगको हावाहुरीलगायतका कारण दिनहुँ सयौंको संख्यामा डढेलो लागिरहेको छ । बुधबार मुलुकभरका २ सय १३ स्थानमा डढेलो लागेको थियो ।

नेपालमा सामान्यतया फागुनदेखि जेठसम्म डढेलो लाग्ने गर्छ । यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको बुधबार नै भएको वन डढेलो व्यवस्थापन च्याप्टरले जनाएको छ । नासाको स्याटलाइटले दिएको तथ्यांकअनुसार बुधबार यति धेरै स्थानमा डढेलो लागेको तथ्यांक सार्वजनिक भएको हो ।,यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

चुरे, तराई तथा मध्यपहाडी जिल्लासँगै मुलुकको पूर्वी क्षेत्रमा बुधबार डढेलो लागेको पाइएको हो । धेरै जिल्लाका वनमा लागिरहेको डढेलो रोकिन सकेको छैन, रोक्न उचित पहल हुन पनि सकेको छैन ।

Advertisement

बुधबारको तथ्यांक हेर्ने हो भने अर्घखाँचीका दुई, बाराका ५, बर्दियाका ४, भोजपुरका १३, चितवनका १७ र दाङको एक स्थानमा डढेलो लागेको थियो । यस्तै, धादिङका ५, धनकुटाका ७, धनुषाका ९ र दोलखाका ८ स्थानमा डढेलो लागेको थियो । गोरखाका ४, हुम्ला, इलाम, जाजरकोट, झापा, कपिलवस्तु र काठमाडौंको एक–एक स्थानमा वन डढेलो लागेको थियो । बुधबार नै काभ्रेका ४, खोटाङका ५, ललितपुरका ३, लम्जुङका ८, महोत्तरीका ३, मकवानपुरका ७ र मोरङका ३ स्थानमा ढडेलो लागेको थियो ।

यस्तै, बुधबारै म्याग्दीको एक, नवलपरासीका २, नुवाकोटका २, ओखलढुंगाका ५, पाँचथरको एक र पर्साको ७ स्थानमा वन डढेलो लागेको थियो । बुधबारै रामेछापको एक, रसुवाको एक, रौतहटका २, संखुवासभाको एक, सप्तरीका २५, सर्लाहीका ६, सिन्धुलीका ८, सिन्धुपाल्चोकका ९, सोलुखुम्बुका ४, सुनसरीका ३, स्याङ्जाका ३, तनहुँका ३, ताप्लेजुङका ७, तेह्रथुमका ४ र उदयपुरका ४ स्थानमा वन डढेलो लागेको पाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top