अपडेटः न्युजिल्याण्ड गोलीकाण्डमा ४९ जनाको मृत्यु

३० फागुन ७५, शुक्रबार

एजेन्सी, चैत्र १
न्युजिल्याण्ड, क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी ४८ जना भन्दा बढी गम्भीर घाइते भएका छन । बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए। न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भनेकी छन् ।

प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको ’कालो दिन’ भएको बताएकी छन्। यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन्। ’क्राइस्टचर्च यी पीडितहरूको घर थियो। यीमध्ये धेरै त सायद यहीँ जन्मेका थिए। धेरैका लागि न्युजिल्याण्ड उनीहरूको मनपर्ने देश थियो। आज न्युजिल्याण्डकै सबभन्दा कालो दिनमध्ये एक हो।’

Advertisement

न्युजिल्याण्डका प्रहरी कमिश्नर माइक बुशले चार जना पक्राउ परे पनि खतरा भने टरेको भन्न सकिने अवस्था छैन। हमला गर्नेमध्ये एक जना अस्ट्रेलियाका २८ वर्षीय नागरिक भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन जानकारी दिएका छन्। उनले यो हमलाकारीहरूलाई ’अति दक्षिणपन्थी आतंकवादी’ भनेका छन् । सिरिज खेल्न न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ । शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापुको क्राइस्टचर्चका मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन्। उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो। मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए । प्रहरीले यो हमला सुनियोजित भएको भन्दै आजका दिन मस्जिद नजान अपील गरेको छ।
त्यस्तै डबलिन र क्राइस्टचर्च बीचका सबै उडान रद्द गरिएको डबलिन विमानस्थलले जनाएको छ । घटनापछि सो क्षेत्रका स्कुल र अस्पताल बन्द गरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top