मलेसियामा हजारौं नेपाली कामदारले रोजगार गुमाउँदै

Share this
698shares

काठमाडौं : वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाले आउट सोर्सिङ भिसा (एक कम्पनीको नाममा भिसा लिई अर्कै वा तेश्रो कम्पनीमा काम गर्न पाउने सुविधासहितको अनुमति) रद्द गर्ने भएको छ।

Advertisement

उसले अब यही मार्च महिनापछि उक्त भिसासम्बन्धी प्रावधान हटाउन लागेको हो । उक्त म्याद सकिन अब दुई साता मात्र बाँकी छ। एक कम्पनीमा कामदार भर्ना गरि अर्को कम्पनीमा काम लगाउँदा कामदार ठगिने र अप्ठ्यारोमा पर्ने गरेको ठम्याई अधिकारीहरुको छ। उक्त निर्णय लागू भएमा हजारौं नेपालीले जागिर गुमाउने र स्वदेश फर्कनुपर्ने अवस्था सृजना हुनेछ । नेपालीसहित अन्य विदेशी कामदार पनि प्रभावित हुनेछन्।

त्यस्ता कम्पनीले कामदार कार्यरत कम्पनीसँग बढी रकम लिएर कामदारलाई न्यून पारिश्रमिक तिर्ने गरेकाले कामदारको श्रम शोषण हुने गरेको, मानव बेचविखन लगायत समस्या बढेको भन्दै उक्त भिसासम्बन्धी व्यवस्था हटाउन लागेको जनाइएको छ।

Advertisement

मलेसियाली अधिकारीहरुका अनुसार हाल करिब १ सयभन्दा बढी आउटसोर्सिङ कम्पनीहरु क्रियाशील छन्। ती कम्पनी अन्तर्गत करिब २६ हजार विदेशी कामदार कार्यरत रहेको बताइन्छ । तीमध्ये हजारौं नेपाली कामदार रहेको अनुमान छ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top