शव नभेटिएपछि प्रहरी नै अन्योलमा

Share this
752shares

बेलबारी : मोरङको बेलबारी– ४ बाट १२ दिनदेखि बेपत्ता रहेकी महिलाको शव नभेटिएपछि हत्या अभियोगमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङलाई महिला बेपत्ता अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

Advertisement

गत फागुन १७ गते बेलबारीबाट बेपत्ता भएकी राईलाई अभियुक्त गुरुङले हत्या गरी कोशीमा फालिएको स्वीकार गरेपनि सो क्षेत्रबाट शव नभेटिएपछि गुरुङलाई हत्या अभियोगमा मुद्दा लगाउने बारेमा प्रहरी नै अन्यौलमा परेपछि प्रहरीवृत्तमा समेत निकै तनाव उत्पन्न भएको छ ।

लास फेला नपरेसम्म तत्कालका लागि ब्यक्ति वेपत्ता अभियोगमा दर्ता गर्ने र शव फेला परेपछि त्यही अनुसार अघि बढ्ने प्रहरीले जनाएको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top