×

NEPAL TIMES UPDATES

Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026

प्रदेश १ को समृद्धि र विकासका लागि पालिकासंघ र महासंघको १४ बुँदे सुझाव

४ चैत्र २०७५

विराटनगर, चैत ४
गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ ले प्रदेशको समृद्धि र समग्र विकासका बिषयलाई लिएर मुख्यमन्त्री शेरधन राईलाई १४ बुँदे सुझाव पत्र बुझाएको छ ।

प्रदेशको समग्र विकास र समृद्धि, प्रदेश सरकार र स्थानीय तहबीचमा हुने समन्वय र सहकार्यका क्षेत्रहरु र स्थानीय सरकारसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेशबाट तर्जुमा भएका एवम् हुनुपर्ने कानुनहरुको सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।

Advertisement
Advertisement

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ ले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ का संयोजक महेश बस्नेतले नेपालको संविधान र संघीयता कार्यान्वयनका लागि ३ तहका सरकारहरुको कार्यदक्षता प्रभावकारी हुनुपर्ने र प्रदेश सरकारको नीतिगत एवम् संस्थागत संरचना बलियो भएमा मात्र स्थानीय सरकारहरु प्रभावकारी हुने भन्दै ध्यानाकर्षण गराएका थिए ।

सो अवसरका मुख्यमन्त्री शेरधन राईले गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को १४ बुँदे ध्यानाकर्षण पत्रमा भएका सुझावहरु मनन् योग्य रहेकाले सोही अनुसार आफूहरु पनि अगाडि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै प्रदेश सांसदहरुले प्रदेशको अधिकार संघीय सरकारले खास्तै लगेको आरोप लगाएका थिए । कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का प्रमुखसचिव केदार न्यौपानेले योजनाबद्ध र दिर्घकालीन रुपमा रणनीति बनाएर कामलाई अगाडि बढाउन आग्रह गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top