×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोजगार मेलामा एकै दिन ३ सय ८५ जनालाई रोजगारी

५ चैत्र २०७५

विराटनगर,चैत ५
सुनसरीको दुहवी नगरपालिकामा आयोजना गरिएको वृति परामर्श तथा रोजगार मेलामा उकै दिन ३ सय ८५ जनालाई रोजगारी दिइएको छ । रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुलाई एकै ठांउमा समाहित गरेर आयोजना गरिएको एक दिने मेलामा ९ सय ४५ जनाले रोजगारीका लागि फाराम भरेका थिए ।

मेलामा रोजगारी पाउनेहरुमा प्राविधिकतर्फ मेसिन अपरेटर, इलेक्ट्रिसियन लगायत रहेका छन भने प्रशासनिकतर्फ कार्यालय ब्यवस्थापन, कार्यालय सहयोगी तथा लेखातर्फ रहेका छन ।मेलामा अहिन्त मल्टिफाइबारले ठूलो सख्यामा २ सय ४० जनालाई मेलामै रोजगारी दिएको छ । यस्तै बाग्मती रिलायन्सले ४० जना,एबी ग्रुपले १०जनालाई रोजगारी उपलब्ध गराएका छन् ।

Advertisement

मेलामा फुजिमा आयल, रिलायन्स थर्माेपोली टंकी लगायतले पनि रोजगारी प्रदान गरेका छन । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरिएको मेलाको प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास तथा श्रममन्त्री जीवन घिमिरेले उदघाटन गरे ।

नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित ईन्स्योर परियोजनाको सहयोगमा दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका, उद्योग संगठन मोरङको संयुक्त सहभागितामा मेला आयोजना गरिएको हो । मेलालाई मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश नं. १ ले समेत सहयोग गरेका थिए ।

Advertisement

मेलाको उद्घाटन गर्दे प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आगामी १० बर्षभित्र प्रदेशलाई बेरोजगार मुक्त घोषणा गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको बताए ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top