×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

रंगीन पर्व होली, यी देशमा पनि मनाइन्छ

५ चैत्र २०७५

काठमाडौँ,चैत ५
हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णुका भक्त प्रह्लादलाई मार्न अग्नि नजिक जाँदा होलिका आफै जलेर नष्ट भएको कारण असत्यमाथि सत्यको जित भएको दिनको रूपमा फागु पर्व (होली) मनाइन्छ । हिन्दू धर्म मान्नेहरूको बाहुल्य भएको नेपालमा यसको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुन्छ । नेपालमा पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन र तराईमा भोलिपल्ट होली मनाइन्छ ।

नेपालको विशेष शहरहरू काठमाडौं, पोखरा, धरान, चितवन, विराटनगर, धनगढी लगायत ठाउँमा यो पर्वको बेग्लै माहौल हुने गर्छ । प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागु पर्व शुरू हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगालाई पूर्णिमाको अघिल्लो अष्टमीका दिन विशेष पूजा गरी ठड्याइने गरिन्छ ।

Advertisement
Advertisement

रंगीचंगी कपडा झुन्ड्याइएको टुप्पोमा मयलको रूखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकआपसमा अबिर छ्यापी फागुको शुभारम्भ गरिन्छ । उक्त अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ । असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने र एक सातापछि फागु पूर्णिमाका दिन सो चीर ढलाएर टुँडिखेलमा र्पुयाई दहन गर्ने परम्परा छ ।

होलीको अर्काे महत्वपूर्ण पक्ष हो होलिका दहन । फाल्गुण शुक्ल पूणिर्माको साइतमा चीरलाई ढाली तानेर लगी टुँडिखेलको मध्यभागमा पु¥याएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुको निकै घुइँचो लाग्ने गर्छ । चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा मानिसले घर–घर लैजाने चलन छ ।

ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणीय देखिन थालेको वातावरणमा ८ दिनसम्म एकआपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यस राष्ट्रिय पर्वमा भाङ, घोट्टा पिउने तथा ख्याली, टप्पा, वसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ । युवायुवतीले यस पर्वलाई आफूले मन पराएकासँग लामो समयदेखि आफूले प्रकट गर्न नसकेको मायाप्रीतिलाई नाच गानको माध्यमबाट प्रकट गर्ने अवसरको रूपमा पनि लिने गर्दछ ।

विभिन्न देशमा होलीको महत्व यस्तो छ:
नेपाली र हिन्दू धर्मावलम्बी पुगेका हरेक देशमा फागु पर्व मनाइँदै आएको छ । अमेरिकामा रहेका नेपालीले गत हप्तादेखि नै आफ्नो समय अनुकूलमा होली मनाउन थालिसकेका छन् । होली अन्य देशमा विभिन्न नामले मनाइन्छ । थाइल्यान्डमा ‘संक्राङ’ नाममा होली मनाइन्छ भने म्यान्मामा धिजङ पर्वको रूपमा यो प्रसिद्ध छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले, अमेरिका, जापान, इजिप्ट, इन्डोनेशिया आदि देशमा पनि आआफ्नै प्रकारले यो पर्व मनाइन्छ ।

पाकिस्तान, भुटान, बंगलादेश, गयाना, बेलायत, मौरिसस, फिजी, दक्षिण अफ्रिका, अमेरिकालगायत देशमा पनि होलीलाई धुमधामसँग मनाउने गरिन्छ । होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ । भगवान् श्रीकृष्णको व्रजभूमि मथुरा, वृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न पर्यटकको ओइरो नै लाग्छ । गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर पञ्जाव, मध्य प्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ । त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ ।

Advertisement

धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो । किंवदन्ती अनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्काएका थिए । प्रतिकारमा बर्सनाका महिलाले उनलाई लखेटेका थिए । त्यति बेलादेखि नै यो परम्परा कायम रहेको प्रसंग पाइन्छ । छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ । त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर‘’ पूरा एशियामा लोकप्रिय छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top