साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

विराटनगर,चैत्र ६
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत फाईनल प्रवेशका लागि आज नेपाल र श्रीलंका प्रतिस्पर्धा भिंड्दैछन् ।नेपाल र श्रीलंकाको खेल विराटनगरको शहीद रंगशालामा विहान ११ बजेदेखि सुरु हुनेछ । त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा दिउँसो ३ बजे बंगलादेशले भारतको सामना गर्नेछ ।

समुह चरणमा एक गोल पनि नखाई सेमिफाइनलमा पुगेको नेपाल गोल नै नखाई फाईनल पुग्ने योजनामा छ । नेपाली टोलीका प्रशिक्षक हरि खड्काले आफ्नो टिमलाई साफ च्याम्पियन बन्न कुनै टिमले रोक्न नसक्ने दाबी गरका छन् । उनले आफ्नै भूमि र दर्शकको साथको भरपुर फाइदा उठाउने बताए । उनले भने ‘तयारी सकियो । हामी शारीरिक र मानसिक रुपमा तयार छौं ।’

नेपाललाई प्रतियोगिताकै बलियो टिम मानिएको छ । समूह ‘ए’ को विजेता बनेर अघिल्लो चरणमा पुगेको नेपालले गोल खाएको छैन । उद्घाटन खेलमा भुटानमाथि ३–० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३–० नै हरायो । आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २–० ले हराएको श्रीलंकाले भने दोस्रो खेलमा भने भारतसँग ५ गोल खायो । यसर्थमा पनि श्रीलंकाभन्दा नेपाली टिमको मनोबल उच्च छ ।

Advertisement

भोलि श्रीलंकाले रक्षात्मक खेल खेल्ने अनुमान छ । श्रीलंकाको रक्षात्मक रणनीति असफल बनाउँदै नेपाली टोलीले गोल गर्ने प्रशिक्षक हरि खड्काको दाबी छ । नेपालको तुलानामा कमजोर देखिएको श्रीलंकाले २०१६ मा भारतमा सम्पन्न साफ महिला च्याम्पियनसिपपछि अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

यो पटक पनि राम्रो तयारी गर्न नपाएको श्रीलंकाली प्रशिक्षक रोहान थिलक अलपोन्सुले बताएका छन् । उनले भने ‘चार महिनाको तयारीले गरेर आएका हौं ।’

Advertisement

उनका अनुसार श्रंलीकाले नेपाललाई बराबरीमा रोक्ने र पेनाल्टीमा पराजित गर्ने रणनीति बनाएको छ । विशेषगरी सावित्रा भण्डारी र निरु थापालाई रोक्ने उसको रणनीति छ ।प्रशिक्षक रोहानले भने, ‘नेपालका केही खेलाडी उत्कृष्ट छन्, त्यसमध्ये सावित्रा र निरुलाई रोक्ने लक्ष्य छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top