उर्जा क्षेत्रमा ९० अर्ब लगानीको प्रतिबद्धता, १९ परियोजनाबाट ५ सय मेगावाट उत्पादन हुने

६ चैत ७५, बिहीबार

काठमाडौं,चैत ६

जलविद्युत आयोजनामा ९० अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा सो प्रतिवद्धता आएको हो । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार सौर्य उर्जा, बायु उर्जा तथा जलविद्युत लगायतका १९ ठूला उर्जा क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो ।

स्वदेशी लगानीमै बन्न लागेका उर्जा क्षेत्रका विभिन्न १९ परियोजनामा ८९ अर्ब ६४ करोड ८५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । चालु आर्थिक बर्षको साउन देखि फागुन १५ गतेसम्म ४ सय ९८ मेगावाट क्षमताका आयोजनामा लगानी प्रतिवद्धता आएको हो ।

सो अवधिमा दर्ता भएका सौर्य उर्जा, बायु उर्जा र जलविद्युत मध्य सबै भन्दा ठूलो सिचुवान वाईपिङ जलविद्युत आयोजना रहेको छ । सो परियोजना ४५ अर्ब रुपैयाँ बराबरको लागतमा निर्माण हुने र २ सय ३५ मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजना हो । अञ्जु पौडेलको नाममा कम्पनी दर्ता गर्दै लगानी प्रतिवद्धता गरेको हो ।

सोही अवधिमा सौर्य उर्जामार्फतका २९ मेवा क्षमताका आयोजनामा लगानी प्रतिवद्धता आएको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनामा धनुषाको मिथिला नगरपालिकामा १० मेगावाट क्षमताको सौर्य उर्जा प्लान्ट स्थापनाका लागि लगानी प्रतिवद्धता आएको छ । उक्त प्लान्ट भने नेपाल र भारतका लगानीकर्ताको संयुक्त लगानीमा निर्माण हुने विभागले जानकारी दिएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top