×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

८ कक्षामा ४८ वर्षीय गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी

७ चैत्र २०७५

लमही ,चैत ७

पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी भएको कुराले यही भनाइलाई पुष्टि गर्छ ।

Advertisement
Advertisement

वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा संलग्न भएकी हुन् । कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाडेका उनी यसै वर्ष कक्षा ८ मा भर्ना भउकी हुन् ।

‘पढाइलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मसात् गर्दैै परीक्षामा सहभागी भएको हुँ’, उनले भनिन् । सानोमा पढ्दापढ्दै छोडेको भए पनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनःपढाइ शुरु गरेको उनको भनाइ थियो ।

‘सानो उमेरमा बुबाले पढ भन्दा भन्दै पनि पढ्न छोडेँ । त्यतिबेला पढेको भए, अहिले धेरै सजिलो हुन्थ्यो’, उनले भनिन् ।

चार भाइ र चार बहिनीले उच्च शिक्षा अध्ययन गरेपनि आफूले बीचमै पढाइ छोडेको उनको भनाइ थियो ।

‘जेठो भाइ मेटमनी चौधरी सांसद हुनुभएको छ’, उनले भनिन् । जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उनले सुनाइन् ।

उ्रनका एक छोरा र दुई छोरीले पनि उच्च शिक्षा अध्ययन गरिरहेका छन् । ‘जेठो छोेराले सब इञ्जिनीयर पढ्छ’, उनले भनिन् , ‘जेठी छोरीले कम्प्युटरमा स्नातक गर्दैछ भने कान्छी छोरीले ल्याब पढिरहेकी छ ।’

उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा पढाइ नहुँदा धेरै कमजोर बनाउने महसुस गरेकोले यसलाई निरन्तरता दिएको उपाध्यक्ष चौधरीले बताइन् ।

‘राजनीति गर्दा पनि शिक्षा महत्वपूर्ण हुने रहेछ’, उनले भनिन्, ‘त्यसैले राजनीतिक हिसाबले पनि अगाडि बढ्न पढाइलाई निरन्तरता दिएकी हुँ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उनको भनाइ थियो ।

धेरै ऐन, नियम, कानून, राजनीतिक दलका विभिन्न पुस्तक तथा व्यवहारिक ज्ञान सिकेकी उनलाई गणित, विज्ञान र अङ्ग्रेजी केही अप्ठ्यारो लागेको छ । अन्य विषय भने सजिलै लागेको छ ।

गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुपर्दा विद्यालय जान नपाए पनि घरमै अध्ययन गरेर परीक्षा दिएको उनको भनाइ थियो । चौधरी तत्कालीन एमालेबाट निर्वाचित भएकी थिइन् ।

१० बजे गाउँपालिका साढे १२ बजे स्कुल

परीक्षा अवधिभर पनि उनले गाउँपालिकाको काम र परीक्षालाई सँगै अगाडि बढाएकी छन् । दश बज्नेबित्तिकै गाउँपालिका पुग्ने उनी दुई घण्टासम्म गाउँपालिकाको काम गर्छिन् भने १२ बजे परीक्षा दिन परीक्षा केन्द्र जान्छिन् ।

Advertisement
Advertisement

एकदेखि ४ बजेसम्म हुने परीक्षा सकेर पुनःगाउँपालिकामा पुगेर काम सकेर घर फर्कने गर्छिन् । ‘परीक्षा अवधिभर परीक्षा र गाउँपालिकाको कामलाई सँगै अगाडि बढाएकी छु’, उनले भनिन् ।– दीपक बोहरा/रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top