एजेन्सी, चैत ११
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । कोलकतास्थित इडेन गार्डेनमा आइतबार सम्पन्न पहिलो खेलमा सनराइजर्स हैदारावादलाई ६ विकेटले पराजित गर्दे कोलकत्ताले विजयी सुरुवात गरेको हो ।
हैदारावादले दिएको १८२ रनकोे लक्ष्य कलकत्ताले ४ विकेटको क्षतिमा १९ दशमलव ४ ओभर खेल्दै लक्ष्यपूरा गरेको हो । उसका लागि आन्द्रे रसेलले ४९ र सुभमन गिलले नटआउट १८ रनको पारी खेले । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १८१ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।
जारी सिजनको आईपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका वार्नरले ८५ रन बनाएका थिए । यस्तै विजय शंकरले ४० तथा जोनी ब्रैसटोले ३९ रन बनाए । कोलकाताका आन्द्रे रुसेलले २ तथा पियुस चवालाले १ विकेट लिए ।