विप्लव समूह र पूर्वराजा समर्थकप्रति प्रधानमन्त्री आक्रामक

काठमाडाैँ : प्रधानमन्त्री केपी शर्मा ओली विप्लव नेतृत्वको समूह र पूर्वराजासमर्थक प्रति आक्रामक बनेका छन् । आइतबार संघीय संसद्को हिउँदे अधिवेशनको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले हालै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई नियन्त्रण गरेरै छाड्ने दाबी गरे । पूर्वराजासमर्थकतर्फ लक्षित गर्दै उनले केही व्यक्तिले अझै रैतान हुने चाहना राखेको टिप्पणी पनि गरे ।

संसद्मा आफ्नो परिचित व्यंग्यात्मक शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिको चर्चा गरेका थिए । मूलधारको राजनीतिमा प्रवेश गरेका सिके राउतसँगको सहमतिबाट देशमा विखण्डनवाद समाप्त भएको दाबी पनि उनले गरे । विप्लव समूह आपराधिक गतिविधिमा लागेकाले प्रतिबन्ध लगाइएको उनले बताए । ‘चुनाव हुन दिन्नँ भन्ने, निर्दोष मान्छे मार्ने, चन्दाका नाममा लुटपाट गर्ने गरिएको छ,’ ओलीले भने, ‘त्यो समूह कतै दर्ता छैन, ठेगाना छैन, त्यस्तो आपराधिक क्रियाकलाप गर्नेलाई, विध्वंशकारीलाई सरकारले निषेध ग-यो । कतिलाई हनहनी ज्वरो आएको छ ।’

द्वापर युगमा कृष्णले समेत धेरै सम्झाउने र सम्झाउँदा नमान्नेलाई ठेगान लगाउन हातमा चक्र लिएर हिँड्ने गरेको प्रसंग कोट्याउँदै उनले भने, ‘विध्वंश गर्नेलाई कानुनअनुसार नियन्त्रण गर्न राज्य अघि बढ्यो । ब्याक गियर छैन । हातहतियार बुझाउन समय दिइएको छ । हातहतियार नबुझाए कसरी लिनुपर्छ सरकारलाई थाहा छ ।’ सरकारले पटक–पटक आग्रह गर्दासमेत विप्लव समूह वार्तामा आउन नमानेको उनले बताए । याे खबर आजकाे नयाँ पत्रिकामा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top