छारे रोगका विषयमा न्यूरोमा निबन्ध प्रतियोगिता

११ चैत ७५, सोमबार
Share this
782shares

विराटनगर,चैत ११
विश्व छारे रोग दिवसको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले छारे रोग सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

Advertisement

न्यूरो अस्पतालको सभाहलमा सम्पन्न भएको छारे रोग तथा यस प्रतिको भ्रम सम्बन्धी निबन्ध प्रतियोगितामा एक दर्जन भन्दा बढि बिद्यालय तथा कलेजका बिद्यार्थीहरु सहभागि भएका थिए ।

Advertisement

निबन्ध प्रतियोगिताको नतिजा मंगलबार घोषणा गरिने छ । कार्यक्रममा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालका बरिष्ठ न्यूरोलोजिस्ट डाक्टर बिरेन्द्रकुमार बिष्टले छारे रोग , नशा सम्बन्धी रोगको लक्षण भएपनि यसप्रति व्याप्त अन्धविश्वासलाई आम जनमानस सामु सत्य तथ्य उजागर गर्ने कार्यमा यूवाहरुको समेत महत्वपूर्ण भुमिका रहेको बताए ।

Advertisement

न्यूरो अस्पतालले हरेक बर्ष छारे रोग सम्बन्धी सचेतनात्मक कार्यक्रम गर्दै आएको छ । न्यूरोले विश्व छारे रोग दिवसको अवसरमा मंगलबार प्रभातफेरीको आयोजना गर्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top