ड्याट्सन गो कारको नयाँ मूल्य सार्वजनिक

११ चैत ७५, मंगलबार

काठमाडौं ,चैत्र १०
नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा. लि. ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ । यी गाडीहरु सुनसरी जिल्लाको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रा. लि. को ईटहरी ले एक कार्यक्रमका बिच आईतवार देखि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष श्री अमर खड्का को हातबाट लन्चिङ गरिएको छ ।

ओम साई मोटो कर्प प्रा. लि. का प्रबन्ध निर्देशक पारश मणि गेलालका अनुसार गाडी रु २४.९९ लाख बाट प्रारम्भ हुनेछ । यस गाडीका विभिन्न ३ मोडेलहरु GO, GO A (O), GO T र  GO T(O) नेपाली बजारमा उपलब्ध रहेका छन् ।

नयाँ ड्याट्सन गो गाडीमा अभूतपूर्व विशेषताहरु रहेका छन् । यसमा विद्यमान रहको विशेषता र आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ्ग अनुभवको जीवन्तता प्राप्त गर्न सकिने जानकारी गराउदै गेलालले भने “कारले नयाँ युगको लागि जापानिज प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको र नयाँ ड्यट्सन गो मा २८ विभिन्न विशेषता तथा १००ं अपडेटहरु विद्यमान रहका छन् ।”

Advertisement

फस्टइन सेग्मेन्ट
– एनड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो
– १४ इन्चको डाइमन्ड–कट अल्लोइ ह्वील
– सेफ्टी प्याकेज– डुयल एयर ब्याग, ABS तथा पार्किङ्ग सेन्सर
वेस्ट–इन–क्लास
– १८० एम.एमको ग्राउन्ड क्लियरेन्स
-२४५० एम.एम. को ह्वील वेस
– २६५ लिटर लगेज स्पेस
– ४.६ एम टर्निङ्ग रेडियस

नयाँ ड्याट्सन गो मा Control Advanced Suspension system तथा 1.2L HR12 DE पेट्रल इन्जिन रहेको छ जसले प्रतिलिटर १९.८३ किलोमिटर प्रदान गर्ने जानकारी गराउँदै गेलाल ले भने–  “बाहिर हेर्दा स्पोर्र्टि तथा भित्र बस्नको लागि धेरै स्पेस भएको, ड्याट्सन कारले कार धनी लाई अतिरिक्त सुरक्षा, वेस्ट–इन–क्लास स्पेस, तथा गतिशीलता प्रदान गर्दछ ।”

Advertisement

के हो ड्याट्सन ?
निशान मोटर लि. ले मार्च २०१२ मा निशान को तेस्रो अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा पुनः आगमन भएको हो । ड्याट्सन ले निरन्तर आफ्ना ग्राहकहरु लाई मोटरिङ्ग अनुभव प्रदान गर्दै आएको छ ।

ड्याट्सनले निशानको एक महत्वपूर्ण अंगका रुपमा रही जापानिज कारको ८० वर्षको अनुभवलाई प्रतिनिधित्व समेत गरेको छ । ड्याट्सनले भारत, इन्डोनेशिया, रसिया तथा दक्षिण अफ्रिकामा सन् २०१४ देखि विक्रीवितरण गर्दै आएको छ ।

सन् २०१४ देखि नेपालमा पायोनियर माटो कर्प द्वारा ड्याट्सन कारको विक्री प्रारम्भ गरिएको हो । त्यस्तै गरेर ओम साई मोटो कर्प ले सन् २०१८ देखि ईटहरी मा शोरुम प्रारम्भ गरी ड्याट्सन कारको विक्री प्रारम्भ गरेको छ ।

ओम साई मोटो कर्र्प प्रा.लि. को वारेमा
ओम साई मोटो कर्प ड्याट्सन तथा निशान गाडीहरुको ईटहरी, सुनसरी को लागि आधिकारिक विक्रेता हो । कम्पनीले सन् २०१८ को नेभेम्वर देखि ईटहरी मा शोरुम खोली सेवा दिरहेको छ भने आगामी आर्थिक वर्ष देखि आफ्नो आधुनिक शोरुम र वर्कसपको व्यवस्था गरी ग्राहक वर्गमा अझ आधुनिक सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको लिएको जानकारी प्रवन्ध निर्देशक पारश मणि गेलालले जानकारी गराएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top