Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 सीटीईभीटीमा ३१ जोडी श्रीमान्–श्रीमती जागिरे - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный मङ्लबार माघ ६ , २०८२
Bingo Club 37 игра онлайновый в Лотоклуб मङ्लबार माघ ६ , २०८२
Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами मङ्लबार माघ ६ , २०८२
Игра Авиаклуб Loto Club регистрация loto 37 सोमवार माघ ५ , २०८२
Loto Club Игра Аэроклуб, бинго-аэроклуб во городе Актау возьмите inaktau kz आइतवार माघ ४ , २०८२
Next
Prev

समाचार

सीटीईभीटीमा ३१ जोडी श्रीमान्–श्रीमती जागिरे

सोमवार माघ १ , २०७४
Reading Time: 1 min read
A A
सीटीईभीटीमा ३१ जोडी श्रीमान्–श्रीमती जागिरे

Council for Technical Education and Vocational Training (CTEVT), Bhaktapur.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन्तसमेत धेरैले ठूलो संख्यामा नातागोतालाई जागिर खुवाएका छन्। यो खबर मकर श्रेष्ठले आजको कान्तिपुरमा लेखेका छन्।

सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारिक सदस्य त छन् नै, श्रीमान्–श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारीसमेत पर्छन् ।

पूर्वसदस्य सचिव रामहरि लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् । रामहरि भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन् । ‘मैले श्रीमतीलाई जागिर लगाइदिनुपर्‍यो भनेर कसैलाई गुहारेर खुवाएको होइन, दुर्गममा सरुवा गरेपछि व्यवस्थापनले नै श्रीमतीलाई पनि जागिर दिएर पठाएको हो,’ उनले भने ।

LS Auto

कांग्रेस नेता गोविन्दराज जोशीले (०४८–०५१) शिक्षामन्त्री हुँदा सीटीईभीटीलाई कार्यकर्ता र आफन्त भर्ती केन्द्र बनाएका थिए । उनी मन्त्री हुँदा गोरखाका सरोज देवकोटा सीटीईभीटीका उपाध्यक्ष थिए । ‘त्यतिबेला उनीहरूले एकैपटक पाँच सयलाई जागिर खुवाए,’ सीटीईभीटीका पूर्वनिर्देशक एवं शिक्षाविद् टंकनाथ शर्मा भन्छन्, ‘सीटीईभीटीमा प्राविधिक पृष्ठभूमि भएका कर्मचारी आवश्यक हो । तर उनीहरूले साधारणतर्फका कर्मचारी भरे ।’

त्यसबेला जागिरमा छिरेकाहरू सबैजसो जोशीका कार्यकर्ता, नातागोता र देवकोटाका

आफन्त छन् ।

यहाँ एकै परिवारका सदस्य र आफन्तको ‘जालो’ रहेका धेरै उदाहरण छन् । कुनै बेला सदस्यसचिव भएका देवकोटा खलकको उदाहरण हेरौं । जिता–६ लमजुङकी रजनी देवकोटाले २१ असार ०५३ मा यहाँ जागिर प्रवेश गरिन् । उनी अहिले प्रशासनिक अधिकृत छिन् । उनका भाइ शंकर न्यौपाने सीटीईभीटीमै जागिरे छन् । पालुङटार–५ गोरखाका उनका देवर रामहरि देवकोटा १४ साउन ०५४ देखि जागिरे छन् । उनीहरूमध्ये रामहरि सीटीईभीटी पोलिटेक्निकमा उपनिर्देशक छन् । रजनी परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा प्रशासकीय अधिकृत छिन् । शंकर स्कुल अफ हेल्थ साइन्स भरतपुरमा छन् । उनीहरूबाहेक पनि यहाँ देवकोटा नाता पर्ने धेरै कर्मचारी छन् ।

कांग्रेस समर्थक कर्मचारी संघका महासचिव शंकरदेव कोइराला, उनका भतिज कुमार, भतिजी प्रमिला र भतिजी ज्वाइँ शालिकराम डाँगी यहीँका जागिरे हुन् । सेती प्राविधिक शिक्षालय दिपायलका कामु प्रिन्सिपल शालिकरामका साडुभाइ होमनाथ अधिकारी रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्युट इलामका प्रिन्सिपल हुन् । कुमारका दाइ विष्णु कोइरालाले ‘नक्कली सर्टिफिकेट काण्ड’ लागेपछि जागिर छोडे । उनीहरूमध्ये विष्णु सबभन्दा पहिला सीटीईभीटी प्रवेश गरेका थिए । त्यसपछि भाइ कुमार २५ असार ०६३ मा प्रवेश गरे । आमोदप्रसाद उपाध्याय शिक्षामन्त्री भएका बेला अस्थायी कर्मचारी निष्कासन गर्दा कुमार पनि निकालिए । पछि ०६३ मा उनलाई फेरि जागिरमा छिराइयो । शालिकराम ०६७ मा स्थायी भए । उनकी श्रीमती प्रमिलालाई २९ साउन ०७२ मा स्थायी गरियो ।

लेखा अधिकृत कृष्णबहादुर खडकाकी श्रीमती र साली पनि यहाँ जागिरे हुन् । खडका ०५३ मा प्रवेश गरेका थिए, ०६५ मा स्थायी भए । उनकी श्रीमती बिनु ०५६ मा प्रवेश गरेर ०६५ मा स्थायी भइन् । खडकाले साली इनुलाई पनि सरकारी सेवामा प्रवेश गराए । उनी ०७२ कात्तिकमा स्थायी बनिन् ।

पूर्व क्षेत्रीय निर्देशक दीपक नेपाली क्षत्रीका पाँच जना आफन्त सीटीईभीटीमा छन् । दीपकभन्दा अघि उनकी श्रीमती उषाले जागिर खाइसकेकी थिइन् । उषा २४ मंसिर ०५३ मा प्रवेश गरेकी हुन् । उषाका भाइ केशव मिश्र र बुहारी सरस्वती मिश्र पनि सीटीईभीटीमै छन् । केशवले ०४५ मा सीटीईभीटी प्रवेश गरेका थिए भने उनले श्रीमती सरस्वतीलाई ०६१ मा जागिरमा छिराए । सरस्वतीे २ वर्षअघि स्थायी भइसकेकी छन् । दीपकले अवकाश पाइसके ।

लेखा अधिकृत दिनेश लुइँटेलकी श्रीमती सपना न्यौपाने, बहिनी विद्या शर्मा, ज्वाइँ प्रमोद पौडेल र काका तारा लुइँटेल सीटीईभीटीमा जागिरे छन् । उनीहरूमध्ये तारा सबभन्दा पहिला १९ असार ०४१ मा सेवा प्रवेश गरेका हुन् । त्यसपछि दिनेश २ पुस ०५३ मा छिरे । उनकी श्रीमती सपना १ साउन ०७३ मा जागिरे भइन् । दिनेशका ज्वाइँ प्रमोद पनि ०५३ मै प्रवेश गरेका हुन् ।

पाठ्यक्रम निर्देशक दीपक पौडेलका परिवारिक सदस्यको जागिरको थलो पनि बनेको छ सीटीईभीटी । ५ असार ०४९ मा प्रवेश गरेका पौडेलका बहिनी र ज्वाइँ पनि यहाँ छन् । ज्वाइँ वरिष्ठ लेखा अधिकृत उमेशप्रसाद खरेल ०५३ असारमा प्रवेश गरेका हुन् भने बहिनीले त्यही वर्ष जेठमा जागिर सुरु गरेकी हुन् ।

परिवारको जालो बनाउने अर्का व्यक्ति टैलेन्द्र आचार्य पनि हुन् । ३० असार ०५४ मा प्रवेश गरेका टैलेन्द्रले आफन्तलाई राम्रै जागिर खुवाएका छन् । भाइ प्रकाश, भतिजा भरत, बहिनी हरिकला र ज्वाइँ खेम पोखरेल ०६६ देखि जागिरे छन् । अर्का भतिज प्रकाश आचार्य भने ४ पुस ०६५ मा छिरेका हुन् ।

सीटीईभीटीबाट सहजै सूचना नपाएपछि हामीले सूचनाको हक प्रयोग गरेर विवरण लिएका हौं । अहिलेसम्म फेला पारेको तथ्यांकमा यहाँ ३१ जोडी श्रीमान्–श्रीमती मात्रै छन् । ज्वाइँ–जेठान ४ जना, दाजु–भाइ २४ जना, बाबु–छोरा ८ जना, बहिनी–ज्वाइँ ४ जना छन् । त्यस्तै भतिजी र ज्वाइँ २ जना, साडुदाइ–साडुभाइ ८ जना, साला/साली–भिनाजु ६ जना, देवर–भाउजू २ जना, काका–भतिज २ जना, दिदी–भाइ४ जना, भान्जा–भान्जी ४ जना छन् ।

लोकप्रीय

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

विचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Игра Авиаклуб Loto Club регистрация loto 37

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Лото Аэроклуб Loto Club Зарегистрирование Интерактивный

मङ्लबार माघ ६ , २०८२

Bingo Club 37 игра онлайновый в Лотоклуб

मङ्लबार माघ ६ , २०८२

Лото Авиаклуб диалоговый: Лотереи Loto Club из действительными выигрышами

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.