मन्त्री घिमिरेले गरे एसईई परीक्षाको अनुगमन, अमर्यादित रुपमा परीक्षा सञ्चालन भइरहेको भेटियो

१३ चैत ७५, बुधबार
Share this
798shares

विराटनगर, चैत १३
सुनसरीका केही परीक्षा केन्द्रहरुमा अमर्यादित रुपमा एसइईको परीक्षा सञ्चालन भइरहेको पाइएको छ । प्रदेश एक सामाजिक विकास मन्त्रालयले गरेको अनुगमनको क्रममा केही परीक्षाका केन्द्रमा मर्यादा विपरीत शंकास्पद गतिविधि भएको पाइएको हो ।

Advertisement

सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले आज सुनसरीका आधा दर्जन परीक्षा केन्द्रहरुको अनुगमन गरेको छ । मन्त्री घिमिरेसहित मन्त्रालयका निमित्त सचिव दिव्यराज कट्टेल र सञ्चारकर्मीहरुको टोलीले सुनसरीका परीक्षा केन्द्रहरुको निरीक्षण गरेको हो ।

सो क्रममा अधिकांश विद्यालयहरुमा मर्यादितरुपमा परीक्षा सञ्चालन भएको देखिए पनि केही केन्द्रहरुमा परिक्षाको मर्यादाविपरीतका गतिविधि भएको फेला परेको थियो ।

Advertisement

निरीक्षण टोलीले धरान–८ गंगालाल मार्गस्थित सहिद स्मृति माध्यमिक विद्यालय, धरान–१२ चतरा लाइनस्थित पब्लिक हाईस्कुल, इटहरी–४ स्थित कचना महादेव माध्यमिक विद्यालय, इटहरी–९ स्थित जनता माध्यमिक विद्यालय र इटहरी–१२ खनारस्थित शारदा माध्यमिक विद्यालयमा राखिएको परीक्षा केन्द्रहरुको अनुगमन निरीक्षण गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top