विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीको सम्बोधन, ‘भारत र चीन नजिकै छन्, बजारको चिन्ता नगर्नोस्’

१५ चैत ७५, शनिबार

काठमाडौँ ,चैत १५

राजधानीको होटल सोल्टीमा लगानी सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल उत्कृष्ठ गन्तव्य भएको बताए ।

विदेशी लगानीकर्ता माझ उनले भने–‘चाइना र इण्डियाको बजार खुला रहेकाले यहाँका उत्पादनललाई बजारको समस्या हुँदैन ।’ लगानीको बाताबरण बनाउन कानून निर्माण गरेका छौँ, कर पनि लगानी मैत्री भएको उनले बताए ।

Advertisement

यहाँ लगानी गर्दा नाफाको हुने ग्यारेन्टी छ, नाफा लैजानपनि पाइन्छ । त्यसका लागि सरकार जुनसुकै सहयोग गर्न तयार छ । प्रधानमन्त्री ओलीले यहाँ उत्पादित समान चीनसम्म पुर्याउनका लागि बाटो बनाइरहेको बताए । त्यसैगरी भारतमा सामान पुर्याउन पानी जहाज चलाउने तयारी गरिरहेकाे समेत ओलीले विदेशी लगानीकर्ता माझ प्रष्ट पारे ।

Advertisement

एयरपोर्टहरु पनि बन्दैछन् । प्रधानमन्त्री ओलीले भने–हवाई जहाजबाट पनि सामान निर्यात गर्न कुनै समस्या छैन । नेपालमा पूर्वाधार निर्माण भइसकेको छ, लगानीका संभावना अथाह रहेका छन्, त्यसकारण विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न हिच्किचाउनु पर्दैन–प्रधानमन्त्री ओलीले भने ।

त्यसैगरी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताहरुलाई स्वागत गर्दे अर्थमन्त्री डा. युवराज खतिवडाले समेत नेपाल लगानीको उत्कृष्ठ गन्तव्य भएको बताए । शनिबार सम्पन्न हुने लगानी सम्मेलनमा विभिन्न ४० देशबाट ६०० भन्दा बढी लगानीकर्ता सहभागी भएका छन् । सभाहलको क्षमता कम भएको र उपस्थित व्यक्तिहरुको संख्या अधिक हुँदा सम्मेलन हल भने अव्यवस्थित देखिएको छ । उपस्थित व्यक्तिहरु उभिएर समेत कार्यक्रममा सहभागी भएका छन् ।

लगानी सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी ५० सरकारी र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top