Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ मा संसदीय समितिको सभापति चयन २२ गते

प्रदेश १ मा संसदीय समितिको सभापति चयन २२ गते

विराटनगर, चैत १५
प्रदेशसभा १ को बिषयगत समितिका सभापति चयन गर्न मतदान हुने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले सभापति चयन गर्न चैत २२ गतेको मिति तोकेको छ । प्रदेशसभा सचिवालयले शुक्रबार चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभाका सात समितिमध्ये प्रमुख प्रतिपक्ष दलले एउटा समितिको नेतृत्व पाउने बाँकी छ ।

समितिको नेतृत्व नेकपाले नै गर्नेछ । संसदीय समितिको नेतृत्वका विषयमा पनि नेकपाभित्र सहमति जुटेको छ । हालसम्म सभापति चयन हुन नसक्दा मिनि संसद मानिने संसदीय समितिको बैठक ज्येष्ठ सदस्यले अध्यक्षता गर्दै आएका थिए । विषयगत समितिका सदस्य केही हेरफेर गरिएको छ ।

सार्वजनिक लेखा समितिमा आशारत्न जबेगुको स्थानमा ओमप्रकाश सरावगी परेका छन् ।त्यसैगरी तुलसीप्रसाद न्यौपानेको स्थानमा लोकप्रसाद संग्रौलालाई राखिएको छ । सरिता थापाको स्थानमा अम्बिका थापालाई राखिएको छ । लेखा समितिको अन्य सदस्यहरुमा कुलप्रसाद साम्बा, कुसुमकुमारी श्रेष्ठ, बसन्तकुमार बानियाँ, शिवनारायण गनगाई, सन्जाकुमारी दनुवा र होमकुमारी सावाँ रहेका छन् । अर्थ समितिमा पनि केही सांसदको नाम फेरिएको छ । जसमा अर्जुन राईको स्थानमा मोहनकुमार खड्का आएका छन् । ओमप्रकाश सरावगीको स्थानमा चुमनारायण तवदारलाई राखिएको छ ।

बाँकी सदस्यहरुमा एकराज कार्की, जसमाया गजमेर, पदमकमारी गुरुङ, पूर्णप्रसाद राजवंशी, प्रतापप्रकाश हाङगाम, यसोदा अधिकारी, राजन राई, रामकुमार राई, लिला सुब्बा रहेका छन् । सामाजिक विकास समितिमा अम्बिका थापा स्थानमा सरिता थापा र सिता थेवेको स्थानमा कला घलेको नामा हेरफेर गरिएको छ । समितिका अन्य सदस्यहरुमा अगमलाल चौधरी, कल्पनाकुमारी सरदार, कृष्णकुमारी राई, केदार कार्की, गणेशकुमार काम्बाङ, झलकबहादुर मगर, निरन राई, राजेन्द्रकुमार राई, रामचन्द्र लिम्बु, लछुमन तिवारी, सावित्राकुमारी रेग्मी रहेका छन् । न्याय प्रशासन तथा विधायन समितिबाट चुमनारायण तबदारको नाम हटाइएको छ ।

सुशासन तथा योजना समितिमा पूर्णप्रसाद राईको स्थानमा अर्जुन राईलाई ल्याइएको छ । उद्योग, पर्यटन तथा वातावरण समितिमा काला घलेको स्थानमा सीता थेवे र मोहमद ताहिर मियाको स्थानमा नवोदिता चौधरीलाई राखिएको छ । प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा नवोदिता चौधरीको नाम हटाइएको छ । मोहनकुमार खड्काको स्थानमा पूर्णप्रसाद राईलाई ल्याइएको छ । लोकप्रसाद संग्रौलाको स्थानमा महमद ताहिर मियालाई ल्याइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.