मन्त्री कुशियैतले दिए कर्मचारीलाई कारवाही गर्ने चेतावनी

१५ चैत ७५, शुक्रबार

विराटनगर, चैत १५
प्रदेश एकका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुशियैतले मातहतका कर्मचारीले नराम्रो काम गरे दण्डित गर्ने चेतावनी दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश एकले शुक्रबार विराटनगरमा आयोजना गरेको दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठीमा बोल्नु हुँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

Advertisement

उनले बिनियोजित बजेट समयमा खर्च हुन नसके प्रदेशका सर्वसाधारण एक आर्थिक बर्षपछि पर्ने भएकाले बजेटको सदुपयोगतर्फ सचेत रहन कर्मचारीलाई निर्देशन दिए । मन्त्री कुशियैतले आर्थिक समृद्धिको नारा बोकेको सरकारलाई वन तथा वातावरण मन्त्रालयले समेत महत्वपूर्ण योगदान पु¥याउन सक्ने भएकाले त्यसतर्फ कर्मचारीहरुले ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

उनले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्ने कर्मचारीलाई दण्डित गर्नेसमेत प्रष्ट पारे । मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले दोस्रो चौमासिकको समिक्षा गर्ने बेला भएपनि प्रगति न्युन रहेको बताए । उनंले ऐन,नियम र प्रक्रियालाई अ–आफ्नै ढंगले ब्याख्या गर्ने प्रबृतिका कारणसमेत कामले गति लिन नसकेको विचार ब्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top