नहरको पानीमा बगेर बालिकाको मृत्यु

१६ चैत ७५, आइतबार

सुनसरी, चैत १६
सुनसरीको गढि गाउँपालिका–४ चर्माई टोलमा नहरको पानीले बगाउँदा २ बर्षिया नाबालिकाको मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे १ बजेको समयमा स्थानिय ललित रामकी छोरी करिस्मा राम घरमा कोही नभएको अवस्थामा खेल्दै जाने क्रममा नजिकैको नहरको पानीमा परेकी थिईन् ।

उनलाई नहरको पानीले बगाउँदै गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।पानिमा डुबेर बेहोस भएकी उनलाई उपचारको लागी कोशी अंचल अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top