Nepal Times
Nepal Times
3
Shares

विराट प्रदेश र राजधानी घोषणा हुनुपर्ने – राजवंशी समाज

विराटनगर, माघ २
राजवंशी समाज उत्थान समिति(विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छ ।

समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले आज आयोजित पत्रकार सम्मेलनमा परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले यस १ नं प्रदेशको नाम विराट प्रदेश हुनुपर्ने विगतदेखि नै माग गरिरहेको र अहिले पनि सो माग पूरा सम्पूर्ण राजनीतिक दलसँग आग्रह गरेको जानकारी दिए ।

उनले यस समुदायले आदिवासी जनजातिको उत्थानका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै यस जातिलाई आदिवासी जनजाति सूचीमा सूचीतकृत गर्नुपर्नेमा पनि जोड दिए ।

समितिका जिल्ला अध्यक्ष प्रदीपकुमार विश्वास राजवंशीले आफूहरुले उठाएका माग पूरा नभए आन्दोलनका विभिन्न कार्यक्रम गर्ने चेतावनी दिए । विरानगर महानगरपालिका र आसपासका गाउँपालिकामा गरी करिब ५५ हजार विराट राजवंशी छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.