Nepal Times
Nepal Times
3
Shares

३ सेकेण्ड किमकाे बाटो छेक्दा उनकै निजी फोटोग्राफरकाे जागिर गयाे

३ सेकेण्ड किमकाे बाटो छेक्दा उनकै निजी फोटोग्राफरकाे जागिर गयाे

काठमाडौं : उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेण्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् । किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएका थिए । यसैका कारण केवल ३ सेकेण्डसम्म बाटो रोकिएको थियो ।

स्थानीय मिडियाका अनुसार फोटोग्राफरको नाम री हो । रीले जुन एंगलबाट फोटो लिइरहेका थिए उनको क्यामेराको फ्ल्यासबाट किमको टाउकोलाई पनि समेटेको थियो । रीमाथि यो फोटोग्राफीका लागि बनाइएको दुई मिटरको प्रतिबन्ध उल्लघंन गरेको अरोप लागेको छ ।

यसका साथसाथै रीमाथि किमको अगाडि आएर फोटो वा भिडियो नलिने नियमको उल्लघंन गरेको आरोप पनि लागेको छ । उनले गत महिना हनोइमा डोनाल्ड ट्रम्पसँग किमको भेटघाटको तस्बिर खिचेका थिए ।, आजकाे काराेबार दैनिकमा यो समाचार छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.