एजेन्सी, चैत १८
दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने पनि प्लेईङ ११ मा परेका छन् ।
पन्जावको घरेलु मैदान चण्डीगढमा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ भने पन्जावले ब्याटिङको निम्तो पाएको छ ।
दिल्लीले आजको खेलर्मा एक मात्र खेलाडी परिवर्तन गरेको छ । अमित मिश्राको ठाउँमा आवेश खानलाई मौका दिएको छ ।
जारी आईपीएलमा कोलकतासँगको खेलमा मौका पाएका सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका सन्दीपलाई दिल्लीले निरन्तरता दिने अनुमान गरिएको छ । सन्दीप सुरुवाती दुई खेलमा भने बेन्चमा बसेका थिए ।
यस्तो छ दिल्लीको प्लेइङ ११
शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, हनुमा विहारी, कागिसो रबाडा, सन्दीप लामिछाने, आवेश खान, हर्षल पटेल