विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

विराटनगर, चैत १९
मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा विराटनगरबाट पाँच जना पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका क्षेत्रबाट विभिन्न समयमा चोरी भएका पाँच थान मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–६ का घर भई विराटनगर–४ बस्ने विजयकुमार यादव, वुर्जु गाउँपालिका घर भई विराटनगर–५ वरगाछी बस्ने मनोजुकमार चौधरी, विराटनगर–१४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका–२२ का सुनिल यादव रहेका छन् ।

प्रहरीले को३५प ९७६३, को२५प ५२५१, को२८प ४९७४, को३५प ३१२० र नम्बर प्लेट बिनाको पार्टपुर्जा खोलिएको एक थान मोटरसाइकल पनि बरामद गरेको छ । विजयकुमार यादव स्थानीय एक कलेजमा एमबिबिएसका विद्यार्थी हुन् भने चौधरी एक सञ्चारमाध्यममा कार्यरत पत्रकार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

Advertisement

पक्राउ परेकालाई मुलकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुरअन्तर्गत मोरङ जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान थालिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top