विराटनगर, चैत १९
खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ दुधकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका भरत चर्मकारको शव फेला परेको छ । थुलुङ दुधकोशी गाउँपालिका–४ का २५ वर्षिय चर्मकार सोमवार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए ।
नदीले बगाएर बेपत्ता भएका उनलाई प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा मंगलबार दुधकोशी गाउँपालिका–३ स्थित मैङखु बेँसीमा मृत अवस्थामा फेला पारेको जनाइएको छ । शवलाई पोष्टमार्टमका जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।