प्रदेश सरकारको बजेटबाट निर्माण हुने प्रहरी कार्यालयको शिलान्यास

१९ चैत ७५, बुधबार

झापा, चैत १९
प्रदेश नम्बर १ सरकारको बिनियोजित बजेटबाट निर्माण हुने इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको मंगलबार शिलान्यास भएको छ । ३ करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको नयाँ भवनको आज प्रदेश नम्बर १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास पश्चात कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रहरीलाई प्रविधि मैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउने कार्यमा प्रदेश सरकारले सहयोग अघि बढाएको बताए । उनले आन्तरिक सुरक्षाको अग्रपंक्तिमा रहने प्रहरी भौतिक, मानसिक र शारीरिक रुपमा सम्पन्न भएमा मात्र आम नागरिकहरुले सुरक्षाको प्रत्याभुति पाउन सक्ने र विकास निर्माणका काममा समेत तिब्रता आउने प्रष्ट पारे ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद मन्तब्य राख्दैै सिमा नाकामा खटिने प्रहरीले सारा देशकै सुरक्षा स्थितिको प्रतिनिधित्व गर्ने हुँदा सिमित श्रोत साधन तथा भौतिक पूर्वाधारका बाबजुद पनि सुरक्षा प्रदान गर्दै आईरहेकोमा प्रदेश सरकारको बजेट मार्फत सुबिधा सम्पन्न कार्यालय भवन निर्माण हुनुले कार्य सम्पादनमा थप हौसला प्राप्त हुने बताए ।

Advertisement

उनले प्रहरीलाई श्रोत साधनले सम्पन्न बनाउने प्रदेश सरकारको उदेश्य अनुसार प्रदेश भरी बिभिन्न प्रहरी कार्यालयहरुको निर्माण भईरहेको हुँदा आगामी दिनहरुमा कार्य सम्पादन थप प्रभावकारी हुने पनि प्रष्ट पारे । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेश राज मैनालीले स्वागत मन्तव्य राख्दै सम्पुर्ण आगन्तुक महानुभावहरुलाई स्वागत गरेका थिए ।

Advertisement

उक्त कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले आ–आफ्नो धारणा राख्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसारका कार्यक्रमहरु संचालन गर्दै प्रहरी र नागरिक एक अर्काको परिपुरक भएर कार्य गर्दा अपराधिक गतिबिधीहरु स्वत न्यूनिकरण हुने धारणा राखेका थिए । कार्यक्रममासुरक्षा निकायका प्रमुखहरु, उद्योगी ब्यबसायी, समाजसेवी, स्थानीय जना प्रतिनिधीहरु, पत्रकार लगायत करिब ५०० जनाको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top